खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

खाना पकाउने क्रममा कपडाबाट सल्किएको आगोले जलेर दाङको तुलसीपुर उपमहानगरपालिका– ८ मा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर– ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । उनका अनुसार घटना हुँदा घरमा महिला मात्र थिइन् । 

उनका श्रीमान् र छोरा कामविशेषले घरबाहिर गएका वेला घटना भएकाले तत्काल उद्धार नहुँदा महिलाको घटनास्थलमै ज्यान गएको थियो । 

सुझावित समाचार