अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने एक पक्राउ

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका– २ घर भई काठमाडौं महानगरपालिका– २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सुझावित समाचार