नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।
नेकपा (एमाले) बागलुङले शनिबार गलकोटमा आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए। उनले राजस्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए।
आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै पोखरेलले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।