अफगानिस्तानले गुमायो सातौँ विकेट

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा अफगानिस्तानविरुद्ध नेपालले सातौँ सफलता प्राप्त गरेको छ। १८ ओभरको खेल सकिँदा अफगानिस्तान ८५ रनमा सीमित छ।

नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन्। सात ओभर बलिङ गरेका उनले २८ रन दिएर पाँच विकेट लिएका हुन्। त्यसैगरी, गुल्सन झा र तिलक भण्डारीले समान एक–एक विकेट लिएका छन्।

सुझावित समाचार