श्रेष्ठलाई उपनिर्देशकको जिम्मेवारी

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

 राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराँते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । कराँतेका सफल खेलाडीमध्येका एक श्रेष्ठ आठौँ र नवौँ दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्ण विजेता हुन् ।

श्रेष्ठसँग लामो समय कराँतेको राष्ट्रिय टिम तयारीको प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । श्रेष्ठ खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन् ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले बिहीबार श्रेष्ठलाई पत्र हस्तान्तरण गरे । ‘तपाईं एक सफल खेलाडी हुनुहुन्छ, राष्ट्रिय टिम तयारीमा तपाईंको भूमिका र योगदान रहन्छ भन्ने विश्वाससाथ राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी सुम्पिएको हो,’ घिसिङले भने । 

सुझावित समाचार