आम जनता पार्टीका ११ जना नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका ११ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। आज सो पार्टीले विभिन्न माग राख्दै मधेश बन्दको आह्वान  गरेको थियो।

आफ्नो पार्टीका ११ जना नेतालाई विनाकारण प्रहरीले पक्राउ गरेको आम जनता पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सापकोटाले बताए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बन्द गराउँदै हिँडेका ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

सुझावित समाचार