एएफसी एसियन कप २०२३ : सिरियालाई हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

लगातार दुई खेल जित्दै अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा सिरियालाई १–० ले पराजित गरेसँगै अस्ट्रेलियाले अन्तिम १६ मा स्थान बनाएको हो । 

समूह ‘बी’मा रहेको अस्ट्रेलियाले पहिलो खेलमा भारतलाई २–० ले पराजित गरेको थियो । यही समूहमा रहेको उज्वेकिस्तानले दुई खेलमा एक जित्दै तीन अंक बनाएको छ भने सिरियाले एक खेल हार र एक खेल बराबरीबाट एक अंक जोडेको छ । दुवै खेल हारेको भारत अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

जसिम बिम हमाद रंगशालामा गएराति भएको खेलमा अस्ट्रेलियाले ५९औँ मिनेटमा एक मात्र निर्णायक गोल गर्याे । ज्याक्सन अर्भाइनाको गोल अस्ट्रेलियालाई अन्तिम १६ मा पुर्याउन पर्याप्त रह्यो । 

समूह ‘ए’मा रहेको आयोजक कतार पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । दुई खेल खेलेको कतारले दुवैमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेर दोस्रो चरणमा स्थान बनाएको हो । यो समूहमा रहेको चीनले दुवै खेल बराबरी खेल्दै दुई अंक बनाएको छ भने ताजकिस्तान र लेबनानको समान एक अंक छ ।

सुझावित समाचार