‘अगस्त्य’मा पाँच फरक लुक्समा देखिँदै नाजिर हुसेन

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

फागुन १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फर्स्टलुकले निकै चर्चा पाएको छ। फिल्म निर्माण पक्षले अभिनेता नाजिर हुसेनको पाँच फरक लुक्ससहितको नयाँ पोस्टर सार्वजनिक गरेको छ।

नाजिरले फिल्ममा आफूलाई पाँच फरक गेटअपमा प्रस्तुत गरेका यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए।
नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ।

निर्माण पक्षका अनुसार नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका छन्। सार्वजनिक पोस्टरमा नाजिरको फिल्ममा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।

यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ।

सुझावित समाचार