एएफसी एसियन कप : बहराइनविरुद्ध दक्षिण कोरियाको सानदार जित

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

एएफसी एसियन कप प्रतियोगितामा दक्षिण कोरियाले सानदार सुरुवात गरेको छ। बहराइनविरुद्ध ३–१ गोलअन्तरले जित निकाल्दै दक्षिण कोरियाले प्रतियोगितामा सानदार सुरुवात गरेको हो। 

समूह ईमा रहेको कोरियाले जसिम बिन हमाद रंगशालामा भएको खेलमा ३९औँ मिनेटमा इन–वियोम ह्वांगका गोलबाट खेलमा अग्रता लिएको थियो। तर, ५१औँ मिनेटमा बहराइनले अब्दुल्लाह अल हसहासको गोलमा बराबरी गर्यो। 

तर, काङ इन लीले ५६औँ र ६९औँ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियालाई स्पष्ट ३ अंक दिलाए। 

सुझावित समाचार