प्रकाश र सदीक्षाको ‘भुसुक्कै’

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

गायक प्रकाश पराजुलीको ‘भुसुक्कै’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ।

पीताम्बर चापागाईं ‘पदम्पानी’को शब्द, प्रकाश पराजुलीको संगीत रहेको गीतमा सदीक्षा कट्टेलको समेत आवाज रहेको छ।

प्रेम भाव व्यक्त गरिएको गीतमा गीता ढुंगाना, प्रकाश पराजुली, जेरी भण्डारी, लोसिना लामिछाने, आरुसी मगर र जोन बम फिचर्ड छन्। गीतमा निर्णायकको भूमिकामा रास्मिता भट्ट,रमेश परियार र राम पी. पौडेल देखिएका छन्।

गायक पराजुलीकै निर्देशन रहेको गीतमा जेरी भण्डारीको नृत्य निर्देशन, अमर रावलको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

सुझावित समाचार