चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटरचालकको मृत्यु भएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खैरहनी नगरपालिका– २ चैनपुरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा. प्र ०३–००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई  ठक्कर दिएको थियो। 

ठक्करबाट घाइते स्कुटरचालक एक पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन। जिपका चालक फरार भएका छन्।

यस्तै, भरतपुर महानगरपालिका– ७ टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका– ६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा छन्। 

टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा. प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको  बिएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो। घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। कारचालक प्रहरीको नियन्त्रणमा छन्। रासस 
 

See More On

सुझावित समाचार