‘तिमी र म कान्छी’मा विश्व र रेखा

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

विनोद राईको आवाजमा रहेको ‘तिमी र म कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतको ओरिजनल भर्सन जुनु राईले गाएकी थिइन्।

मेल भर्सन गीतको भिडियोमा सञ्चारकर्मी विश्व लिम्बू र मोडल तथा कलाकार रेखा लिम्बूको अभिनय रहेको छ। भिडियोलाई सागर लामिछाने मगरले निर्देशन गरेका छन् भने सम्भव सुवेदीले छायांकन गरेका छन्।

म्युजिक भिडियोलाई कोरियामा रहेका किरण लावतीले निर्माण गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन्।

सुझावित समाचार