नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ ल्याएको छ । आजैदेखि लागू हुने यो अफरमा विभिन्न आकर्षक प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । अफरअन्तर्गत यसअघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाउँदै एक दिनको समयावधिका लागि १९ रुपैयाँमा चार सय एमबी र ३३ रुपैयाँमा १२ सय एमबी डेटा उपलब्ध हुने बताइएको छ । त्यसैगरी, सात दिनको समयावधिका लागि एक सय नौ रुपैयाँमा ५ जिबी र २८ दिनको समयावधिका लागि दुई सय ९८ रुपैयाँमा ७ जिबी डेटा उपलब्ध हुने पनि टेलिकमले जनाएको छ । 

त्यसैगरी, ‘स्टे कनेक्टेड’ प्याकअन्तर्गत पाँच दिनको समयावधिका एक सय नौ रुपैयाँमा ६ जिबी र एक सय ३९ रुपैयाँमा ६ जिबी डेटा तथा १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी, दुुई घण्टाको समयावधिका लागि ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुने बताइएको छ । 

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायतका विभिन्न आकर्षक प्याकसमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी, नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डेटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने बताइएको छ । 

सुझावित समाचार