आर्मीलाई हराउँदै गण्डकी तेस्रो

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण
आर्मीलाई हराउँदै गण्डकी तेस्रो

फाइल तस्बिर

सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो। यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको  थियो।

पहिलो सेट गण्डकीले २५–२२ अंकले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अंकले विजयी भयो। तेस्रोमा गण्डकीले २६–२४ अंकले बाजी मार्याे।

२४–२४ अंकको बराबरी भएको अवस्थामा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित सहज भयो। चौथो सेट गण्डकीले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो। उक्त सेट गण्डकीले २५–२२ अंकले जित्यो। 

आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ। एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।
 

सुझावित समाचार