राप्रपाको कविता प्रतियोगितामा रुकुम पश्चिमका उमेशको कविता प्रथम

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगितामा रुकुम पश्चिमका उमेश पुनमगरको कविता प्रथम भएको छ । मगरको  ‘देशभित्र देखेको देश’ प्रथम भएको हो । राप्रपाले पृथ्वीजयन्तीको अवसर पारेर ४० वर्षमुनिका युवाकविका कविता आह्वान गरेको थियो ।

मंसिर २७ गतेदेखि पुस १५ गतेसम्म समयसीमा दिएर कविता आह्वान गरेको राप्रपालाई तीन सय पाँच कविता प्राप्त भएका थिए । तीन सय पाँच कवितामध्ये राप्रपाले ६ कवितालाई पुरस्कृत गर्ने भएको छ ।

जसमा उमेश पुनमगरको कविता ‘देशभित्र देखेको देश’ प्रथम भएको छ। कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय, अविरल डिसी चौथो, म्याग्दीकी निरुता बुढाथोकी पाँचौँ र लमजुङका प्रवीण अधिकारी छैटौँ भएका छन्। प्रथम हुनेले  एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले  २५ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई पनि प्रोत्साहनस्वरूप १०–१० हजार पुरस्कार दिने राप्रपाले जनाएको छ । 

विजेतालाई पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान समारोहमा पुरस्कार वितरण गरिने प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए।

सुझावित समाचार