प्रमोद र रोजिनाको ‘तिम्रो साथ विना’ सार्वजनिक

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी रोजिना बस्नेत र प्रमोद खरेलको स्वरमा ‘तिम्रो साथ विना’ बोलको गीत सार्वजनिक भएको छ।

प्रतियोगिताको टप ११ बाट बाहिरिएकी रोजिनालाई कोच प्रमोदले यसै गीतमार्फत गायनमा अवसर दिएका हुन्।गीतलाई गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको शब्द–संगीत रहेको गीतमा अभिन्यास पासवानको एरेन्ज छ। गीतको भिडियोमा प्रमोद र रोजिनाले नै अभिनय गरेका छन्।

अर्जुन तिवारीले निर्देशन गरेको भिडियोलाई रोशन विश्वकर्माको कोरियोग्राफी गरेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन्।

सुझावित समाचार