महालक्ष्मी विकास बैंकका विभिन्न सामाजिक कार्यक्रम

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

 महालक्ष्मी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सामाजिक कार्यक्रम आयोजना गरेको छ । बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरेका हुन् । 

बैंकको न्युरोड शाखाले न्युरोडको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर प्रदान गरेको जनाएको छ । त्यस्तै, गोंगबु शाखाले काठमाडौं महानगरपालिका वडा नं २६ को पवित्र नगर समाजलाई सार्वजनिक पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । बैंकको वसुन्धरा शाखाले टोखा नगरपालिका वडा नं ०४ मा रहेको श्रीकृष्ण धार्मिक संघलाई दुई थान उफर प्रदान गरेको उल्लेख छ । 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने बैैंकले जनाएको छ ।

सुझावित समाचार