भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिरपरिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । 

भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । 

See More On

सुझावित समाचार