मुक्तिनाथ क्यापिटलले दियो अपोलो हाइड्रोपावरको सेयर निष्कासन प्रत्याभूति

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

 अपोलो हाइड्रोपावरले सर्वसाधारणमा निष्कासन गर्नेे १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटले सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले निर्माण गरिरहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जनाइएको छ ।

 कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग मिति ०७५ साल साउनमै विद्युत् खरिद सम्झौता गरी निर्माण सुरु गरेको आयोजनाको निर्माण ५५ प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । 

सुझावित समाचार