गुठीचौरका विपन्न नागरिकलाई जाडो छेक्न कपडा वितरण

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

गुठीचौर गाउँपालिका– १ वडा कार्यालयले ‘बाबालाई नाना र आमालाई नानासहित खाना’ कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई ज्याकेट, हर्लिक्स  र फलफूल वितरण गरेको छ।

हिउँद लागेसँगै जनजीवन प्रभावित भएकाले वडा कार्यालयले यी सामान वितरण गरेको जनाएको छ। यस क्षेत्रमा अहिले पानी जमेर बरफ बनेको छ।

ज्येष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई चिसोबाट जोगाउन न्यानो ज्याकेट, हर्लिक्स र फलफूल वितरण गरिएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

वडाभित्रका एक सय आठ महिला र ८२ पुरुष गरी जम्मा एक सय ९० जनालाई राहतका यी सामग्री वितरण गरिएको महताराले जानकारी दिए। उनका अनुसार कुल चार लाख ८६ हजार सात सय ५० रुपैयाँबराबरको सामग्री वितरण गरिएको हो।

सुझावित समाचार