अमेरिका, अस्ट्रेलिया र हङकङमा जय नेपाल इन्टरनेसनल फाउन्डेसनका आठ च्याप्टर गठन

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

जय नेपाल इन्टरनेसनल फाउन्डेसनले अमेरिका, अस्ट्रेलिया र हङकङमा आठवटा च्याप्टरहरू गठन गरेको छ।

२४ डिसेम्बर (आइतबार) का दिन जुम मिटिङमार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो।

नवगठित अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, हङकङ च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमारजंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकास देवकोटा र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी चयन भएका छन्।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले मानव अधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने साथीहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले संस्था स्थापना भएको जानकारी दिए। 

जुम मिटिङमा जय नेपाल इन्टरनेसनल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्यालले नेपालमा भइरहेका कार्यहरूको बारेमा जानकारी गराएका थिए।

सुझावित समाचार