चासोक तंनमको अवसरमा फुङलिङमा सार्वजनिक बिदा

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिकाले चासोक तंनम (न्वागी पर्व)को अवसरमा बिदा दिने निर्णय गरेको छ। लिम्बू समुदायको सांस्कृतिक चाड चासोक त‌ंनम मनाउन फुङलिङ नगरपालिकाले बुधबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तंनमको अवसरमा फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय बिदा दिने निर्णय गरिएको हो।

स्थानीय सार्वजनिक बिदाका दिन फुङलिङ नगरपालिका, वडा कार्यालयसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य संघ-संस्था बन्द हुनेछन्।
 

सुझावित समाचार