नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

दोलाखको शैलुङ गाउँपालिकामा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले उपचार पाएका छन्। 

शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैँसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए। 

एसएस फाउन्डेसनको पहलमा कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनले बिरामीहरूको नि:शुल्क स्वास्थ्य सेवा र औषधि उपलब्ध गराएको हो। 

शिविरमा डा. थापा, डा. श्वेता ढकाल र डा. शैलेन्द्र पासवानसहिको ११ जना स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो। 

विशेष गरी शिविरमा स्त्रीरोगसम्बन्धी उपाचार भएको थियो। जसमा तीन सयभन्दा बढी महिनाले निःशुल्क स्त्रीरोगको उपचार गराएका थिए। 

यस्तै, शिविरमा हाडजोर्नी, मानिसक, दमलगायतको रोगको पनि निःशुल्क उपचार र परामर्श प्रदान गरिएको थियो। यस्तै, शिविरमा बिरामीहरूको नि:शुल्क सुगर जाँच पनि गरिएको थियो।

See More On

सुझावित समाचार