कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ। रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी-त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा  विद्युतको पहुँच पुगेको छ।

आठवटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्याउन बाँकै नै छ। आठवटै स्थानीय तहका वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए। ‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पुर्याउँछौँ।’ पलाँता गाउँपालिकाको केन्द्रसम्म चालू आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए। ‘अहिले त्यहाँ बिजुली पुर्याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने। 
    
जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले बताए। ‘विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्,’ उनले भने।  

सुझावित समाचार