भारतको वन्डर क्लब नोयडाले नेपाल आर्मीलाई दियो सय रनको लक्ष्य

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

प्रो क्लब च्याम्पियनसिप टी–२०
पर्साको वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन भारतको वन्डर क्लब नोयडाले नेपाल  आर्मीलाई एक सय रनको लक्ष्य दिएको छ । 

पहिले ब्याटिङ गरेको वन्डरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९९ रन बनाएपछि आर्मीले एक सय रनको लक्ष्य पाएको हो । 

नोयडाका लागि कप्तान हर्सित सेठीले ४५ बलमा २० रन र ऋतिक अरोराले २३ बलमा २० रन बनाए । यस्तै, वंशी बेदीले ११ बलमा १० रन बनाए । 

नोयडालाई सामान्य रनमा रोक्ने क्रममा आर्मीका बलर साहब आलमले चार  विकेट लिए । उनले चार ओभरमा केवल चार रन खर्चिए । यस्तै, कुशल मल्ल, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट हात पारे ।

अहमदले चार ओभरमा १२ रन दिए भने कामीले ४ ओभरमा ३२ रन र कुशलले चार ओभरमा २० रन दिए । 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गरिरहेका छन् ।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 
जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल भिडन्त हुनेछ ।

आजै दिउँसो सवा १ बजे हुने खेलमा एपिएफ क्लब र भारतको युपी ११ भिड्नेछन् ।

सुझावित समाचार