ग्लोबल आइएमईले पायो भिजा पेमेन्ट एक्सेलेन्स अवार्ड

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड भिजा पेमेन्ट एक्सेलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिजा इन्टरनेसनलले काठमाडौंमा आयोजना गरेको लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिजा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा अवार्ड प्रदान गरिएको हो । 

बैंकले हालै मात्र भिजासँगको सहकार्यमा भिजा स्क्यान टु पे भुक्तानी प्रणालीको सुरुवात गरेको जनाएको छ । क्युआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको बैंकको भनाइ छ । 

सुझावित समाचार