सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको संख्या लगभग १० प्रतिशतले बढेको यहाँको तथ्यांक कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको संख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ। यो एक वर्षअघिको तुलनामा ९.९ प्रतिशतले बढी हो।
यो सन् २०१७ मा सान्दर्भिक तथ्यांक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो। दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको संख्या यस वर्ष ३.६ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ।
यसैगरी, भियतनामी नागरिकको संख्या १९.१ प्रतिशतले बढेर दुई लाख एक हजार पुगेको छ।
पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अंगीकृत नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा २.५ प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ।
रोजगारी भएका विदेशी बासिन्दाको संख्या ९.५ प्रतिशतले बढेर सन् २०२३ मा नौ लाख २३ हजार पुगेको छ। चालू वर्षमा अंगीकृत व्यक्तिको रोजगारीको संख्या ०.६ प्रतिशतले बढेर ३४ हजार पुगेको छ।