परिवर्तन थियटर काँकडभिट्टाले मोरङको मिक्लाजुङस्थित मधुमल्लामा कचहरी नाटक ‘सानुको सपना’ प्रदर्शन गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार मिक्लाजुङ गाउँपालिकाको आयोजना र कारितास नेपालको सहकार्यमा परिवर्तन थियटरले कचहरी नाटक प्रदर्शन गरेको हो।
.jpg'_'.2023-12-18.jpg)
नाटकमा अवैध तवरले बिदेसिँदा बेचबिखनमा परिने विषय समेटिएको थियो। नाटकले अवैध बाटोबाट विदेश जाँदा निम्तिएको समस्यालाई देखाएको थियो।
.jpg'_'.2023-12-18.jpg)
‘रोजगारीका लागि बिदेसिने प्रत्येक घरमा छन्। यो सबैको कथा हो। यसले नेपालीको बिदेसिने रहर र बाध्यतालाई देखाएको छ,’ परिवर्तन थियटरकी कला संयाेजक कविता नेपालले भनिन्, ‘बिदेसिँदा पनि वैधानिक बाटो अपनाउनुपर्छ। दलालको फन्दामा परेर अवैध बाटोबाट जाँदा मानव तस्करी र बेचबिखनमा पर्न सकिन्छ भन्ने विषय नाटकमा छ।’
.jpg'_'.2023-12-18.jpg)
नाटकले हरेक घरको वास्तविकता देखाएको नाटकका दर्शक मिक्लाजुङ– ६ का ८१ वर्षीय अम्बरबहादुर खड्काले बताए। अवैध बाटोबाट विदेश पठाउँदा आएको समस्यालाई नाटकमा देखाइएकाले आफ्नै समस्या देखाएजस्तो लागेको उनले बताए।
.jpg'_'.2023-12-18.jpg)
‘वास्तविक रहेछ भनेर विदेश पठाउने दलाललाई कुट्न भनेर गएको थिएँ, नाटक पो रहेछ,’ उनले भने, ‘यो नाटकले मन छोएको छ। सबैले भोगेको समस्या देखाएको छ। यस्ता नाटक त दिनैपिच्छे गरे पनि हुन्थ्यो।’
.jpg'_'.2023-12-18.jpg)
नाटकमा कविता नेपाल, लीला विष्ट, लोमस पौडेल, कविता पौडेल, नवराज पाठक, गगन क्षेत्री, भूमिका न्यौपाने, झरना खनाल र प्रतीक्षा आचार्यले अभिनय गरेका थिए।
.jpg'_'.2023-12-18.jpg)
.jpg'_'.2023-12-18.jpg)
.jpg'_'.2023-12-18.jpg)