पार्टी सदस्यको अभिलेख पठाउन जसपाको सर्कुलर

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए। 

उनका अनुसार बाँकी रहेका पार्टी समिति र भ्रातृ संगठनलाई पार्टी विधानअनुरूप हुने गरी गठन, पुनर्गठन गर्न भनिएको र पुनर्गठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ।

See More On

सुझावित समाचार