छिन्नमस्ताको वडा १ बालविवाहमुक्त घोषणा

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको १ नम्बर वडा बालविवाहमुक्त घोषणा भएको छ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घोषणापत्र प्रस्तुत गर्दै  वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरेका हुन्। अध्यक्ष चौधरीले बालविवाहमुक्त घोषणा हुनु एकदमै सराहनीय रहेको भन्दै कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले कम उमेरमा विवाह गर्दा जीवनभर विभिन्न किसिमको समस्या खेप्नुपर्ने उल्लेख गर्दै बालविवाह हुन नदिन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार