संसद्का दुई सदनबीच फुटसल, सभामुखकाे टिम विजयी [तस्बिरहरू]

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

संघीय संसद्का दुई सभाबीच मैत्रीपूर्ण फुटसल भएको छ। मंगलबार भएको मैत्रीपूर्ण खेलमा प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष टिमबीच फुटसल भएको हो। 

सभामुख देवराज घिमिरेको टिमले चार गोल गर्दा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेतृत्व गरेको टिमले कुनै पनि गोल फर्काउन सकेन। 

सभामुखको टोलीबाट सांसद माधव सापकोटाले दुई गोल, सांसद विराजभक्त श्रेष्ठ र सांसद विश्वप्रकाश शर्माले समान एक–एक गोल गरेका थिए। 

तस्बिरहरू :

सुझावित समाचार