जसपा नेपालको कार्यकारिणी समिति बैठक सोमबार

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। मङ्सिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो।

बैठकमा आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ।

विशेष गरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्तालगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको छ।

सुझावित समाचार