रुसी सेनामा गएका नेपालीलाई फर्काउन कूटनीतिक पहल गर्न रास्वपाद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले शुक्रबार मन्त्री साउदलाई पार्टीको ध्यानाकर्षणपत्र बुझाएका हुन्।

रास्वपाले रुसी सेनामा भर्ना भई बन्धक बनाइएका तथा प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि समेत सबै कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

सुझावित समाचार