त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद, सुन ल्याउने घले प्रहरी हिरासतमा

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो अवैध सुनसहित घलेलाई नियन्त्रणमा लिइएको छ । 

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो । 

चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका मीनबहादुर घलेलाई समेत पक्राउ गरी हाल प्रहरी हिरासतमा राखिएको छ । यस सम्बन्धमा भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको छ । 

See More On

सुझावित समाचार