सौर्य सिमेन्टले सुरु गर्‍यो क्लिंकर निर्यात

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण

 सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादनलाई भारतमा निर्यात सुरु गरेको छ । उद्योगपरिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा क्लिंकर निर्यात सुरु गरेको हो । 

कम्पनीका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रूपमा रिबन काटी निर्यातको सुरुवात गरेको कम्पनीले जनाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्युन म्याग्नेसियम अक्साइड तथा उच्चस्तरीय चुनढुंगा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

०७८ सालबाट व्यावसायिक उत्पादन सुरुवात गरको उद्योगको क्षमता तीन हजार मेट्रिकटन क्षमता रहेको जनाइएको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिर्चैयामा रहेको उद्योगले ओपिसी ५३ ग्रेड र ४३ ग्रेडका साथै पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

सुझावित समाचार