मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेश सभामा रहेका समितिको सभापतिको टुंगाे लगाउने जनाइएको छ ।     
 
 

सुझावित समाचार