आयोजक रेडियन्ट पब्लिकले नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर पुरुष र सिनियर महिलाको सेमिफाइनलमा स्थान पक्का गरेको छ । घरेलु कोर्टमा रेडियन्टले बिहीबार पुष्पसदनलाई २७–१० ले पराजित गर्यो । रेडियन्टको जितमा विदान कार्कीले ८ स्कोर गरे ।
जुनियर पुरुषमा दीप रोकायाको ६ अंकको सहयोगमा ग्रिनफिल्डले श्री नवीन ज्योतिलाई १७–८ ले हराउँदै अन्तिम चारको स्थान सुरक्षित गर्यो । सिनियर महिलामा रेडियन्ट पब्लिकले जेनिथमाथि २३–१७ को जित दर्ता गर्यो ।
रेडियन्टकी दिव्यान्शा कार्कीले १८ अंक जोडिन् । यसैगरी, सिनियर पुरुषमा जेनिथले विल्सन एकेडेमीलाई ५६–३१ ले हरायो । ज्ञानोदयले निसर्गलाई ५१–२० र एन्जल लर्डले ग्रिनफिल्डलाई ३६–२७ ले पाखा लगाउँदै अन्तिम चारको यात्रा पक्का गरे । जेनिथका सुशील शाहीले २०, ज्ञानोदयका दीपेश शाहीले २३ र एन्जल लर्डका रवि कार्कीले १७ स्कोर गरे ।