धुर्मुस-सुन्तलीको वैवाहिक वर्षगाँठमा जिग्रीको ‘भगवान कसम’ सार्वजनिक

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

हास्य टेलिसिरियल ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दाइभाउजूको १५औँ वैवाहिक वर्षगाँठको अवसरमा कोसेलीस्वरूप ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन्।

धुर्मुस - सुन्तलीको अभिनय रहेको उक्त गीतमा स्वर कुमार कट्टेल ‘जिग्री’ र अनु चौधरीको रहेको छ भने गीतकार दिनेश थपलिया हुन्। गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्।

जनकपुरमा सुटिङ भएको उक्त गीतमा सक्किगोनीका कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका थिए। जिग्रीको सांगीतिक यात्रामा यो तेस्रो कोसेली हो। उनको आवाजमा यसअघि ‘मन्जरी’ र ‘मायाले जीवन सजाउ’ बोलको गीत सार्वजनिक भइसकेको छ।

सुझावित समाचार