अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ। गीतमा अनिल लामा र सुमिना लोले स्वर दिएका छन्।

तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवनकुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।

विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको गीतको भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ।

सुझावित समाचार