गाजामा युद्धविरामका लागि भएको सहमतिको नेपाल सरकारद्वारा स्वागत

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।

बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो।

सुझावित समाचार