भूकम्पपीडितका लागि नेपाल एसबिआईले दियो २० लाख

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले विनाशकारी भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, मुख्य व्यापार प्रवर्द्धन अधिकृत, रितेश अर्याल तथा नेपाल सरकारको उच्च तहका कर्मचारीको उपस्थितिमा गरिएको बैंकले जनाएको छ । 

यसअघि बैंकले जाजरकोट र रुकुममा भूकम्पपीडितका लागि आवश्यक खाद्य वस्तुहरू खरिद गरी सहयोग प्रदान गरिसकेको जनाएको छ । 

सुझावित समाचार