टिकटक प्रतिबन्ध गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

टिकटक प्रतिबन्ध गर्ने सरकारकाे निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्।

टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेका हुन्। 

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियाे। 

सुझावित समाचार