जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई अमेरिकाको मिल्वाका नेपाली परिवारले न्यानो अभियानमार्फत दुई सय १० थान फाइवर सिरक प्रदान गरेको छ ।
सहयोग सामग्री बिहीबार रुकुममा माओवादी नेता अनिल शर्मालाई हस्तान्तरण गरिएको छ । विपतकाे वेला न्यानो अभियानको तर्फबाट भएको सहयोगप्रति नेता शर्माले धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि आपसी सहकार्य भइरहने विश्वास व्यक्त गरे ।