पूर्वप्रधानमन्त्री खनालद्वारा १४ लाखबराबरको राहत सामग्री हस्तान्तरण

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्यबराबरको राहत सामग्री हस्तान्तरण गरेका छन्। बिहीबार प्रभावित क्षेत्र जाजरकोट पुगेर खनालले राहत सामग्री हस्तान्तरण गरेका हुन्।

युवा संघका प्रवक्ता सन्दीप राई नेतृत्वको टोली डिजिटल सोलार प्यानल २० थान, एन्टी मस्क्युटो किट्स २५२ थान, सेनिटरी प्याड पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिमिटर एक थान र विभिन्न औषधिहरू, भोलेन्टियर हेलमेट सय थान लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको थियो।

उक्त राहत सामग्री हस्तान्तरण गर्दै खनालले प्रभावित जनताले समयमै राहत पाउनुपर्नेमा जोड दिए। राहत र पुनर्निर्माणमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

‘राहत नपाएर भूकम्पपीडित थप समस्यामा परेको समाचार आएका छन्। पीडितले सामान्य सेवा सुविधासमेत नपाउनु दुःखद कुरा हो। राहत र पुननिर्माणमा ढिलाइ आपत्तिजक छ,’ खनालले भने, ‘यसबारेमा सरकार गम्भीर बनोस्।’

सुझावित समाचार