अमेरिकास्थित केसी फाउन्डेसनले जाजरकोटका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ।
फाउन्डेसनले भूकम्पपीडितलाई सय थान फाइबर सिरक वितरण गरेको हो। फाउन्डेसनले स्थानीय निकायलाई राहत सामग्री हस्तान्तरण गरिसकेको छ।
फाउन्डेसनले यसअघि पनि विपतमा परेका नागरिकलाई राहत सामग्री र आर्थिक सहयोग प्रदान गर्दै आएको संस्थाका संस्थापक तिलक केसीले बताए।
गैरआवासीय नेपाली संघ अमेरिकाका संरक्षकसमेत रहेका केसीले भूकम्पपीडितलाई क्षमताअनुसारको सहयोग गर्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आह्वानसमेत गरे।