युनिलिभर नेपालले दियो विभिन्न राहत सामग्री

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र रुकुम–पश्चिममा भूकम्पबाट प्रभावित जनसमुदायको साथमा ऐक्यबद्धता जनाएको छ । मानवीय सहायताप्रति प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले प्रभावित क्षेत्रहरूमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो । 

कम्पनीले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, सात सय थान ब्ल्यांकेट, दुई सय ५० थान पाल र स्थानीय रूपमा खरिद गरिएको थप खाद्यान्न जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको जनाएको छ । स्थानीय निकाय, संघ–संस्था, संगठन र समुदायहरूसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको कम्पनीको भनाइ छ । 

यतिखेर जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पबाट अत्यधिक प्रभावित स्थानीय जनसमुदायलाई सहायताको ठूलो आवश्यकता रहेको निष्कर्षसहित युनिलिभर नेपालले संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपत्जन्य सहयोगमा योगदान पुर्याउन र समुदायको पुनर्निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

सुझावित समाचार