फ्लेप्सको आत्मविश्वास

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

यो कथा सुप्रसिद्ध पौडीवाज माइकल फ्लेप्सको हो । उनले सन् २००८ मा एउटा पत्रकार सम्मेलनमा आफूले आगामी ओलम्पिकमा आठवटा स्वर्णपदक जित्ने बताए । जब मानिसहरूले उनको यो दावा सुने, धेरैले उनलाई उडाए र होच्याउने काम गरे । तर, उनलाई यी सबैले हतोत्साहित गर्नुको सट्टा प्रोत्साहित गरे । मानिसहरूले आफूलाई उडाएको सुनेर उनले 
आफ्नो अभ्यासलाई बढाएर दैनिक १२ घन्टा पुर्याए ।

यसैबीच एक दिन एउटा कार दुर्घटनामा उनको हातमा गम्भीर चोट लाग्यो । उनले हातले पौडन नसक्ने भए । हात भाँचिएपछि चिकित्सकले फ्लेप्सलाई आउँदो ओलम्पिक खेलमा उनले प्रतिस्पर्धा गर्न नसक्ने बताए । तर, उनले आशा र लक्ष्य परित्याग गरेनन् । उनले खुट्टाको सहयोगले पौडिने अभ्यास सुरुवात गरे ।

उनको दृढ अठोट, आत्मविश्वास र कडा मिहिनेतका कारण उनले जे भनेका थिए त्यही साकार भयो । उक्त ओलम्पिकमा उनले पौडीमा आठवटा स्वर्णपदक जिते । उनको यो कथा अत्यन्त प्रेरणादायी छ । आफूमाथि विश्वास भयो भने असम्भव लाग्ने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ । बहानाबाजीबाट माथि उठेर कडा मिहिनेत गर्नु र आफूमा विश्वास राख्नु नै सफलताको कडी हो । यसो गर्न सक्दा आज आशंका गर्नेहरू नै एक दिन फ्यान हुनेछन् । 

सुझावित समाचार