आयोजक नेपाललाई हराउँदै ओमान च्याम्पियन

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण
आयोजक नेपाललाई हराउँदै ओमान च्याम्पियन

फाइल तस्बिर

आयोजक नेपाललाई सुपर ओभरमा हराउँदै ओमान आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेको छ । 

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल खानको बलमा जिसन मक्सुदबाट क्याचआउट भए । दोस्रो बलमा कुशलले रन जोड्न सकेनन् । तेस्रो बलमा एक रन लिए । चौथो बलमा गुल्सनले एक रन लिए । पाँचौँ र छैटौँ बलमा कुशल चौका प्रहार गरे पनि नेपाल हार्न पुग्यो । 

ओमानले सुपर ओभरमा २१ रन बनायो । नसिम खुसीले १९ रन बनाए । अकिव इल्यासले एक रन जोडे । सुपर ओभरमा अभिनाश बोहराले बलिङ गरेका थिए । 

यसअघि एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले  ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनायो । अन्तिम ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा ओमानले सात रन ल्याएपछि खेल बराबर भएको थियो । अन्तिम ओभरमा एक रनआउट सँगै ओमानको तीन विकेट गएपछि उपाधि भिडन्त रोमाञ्चक बनेको थियो । 

नेपाल र ओमान यसअघि नै टी २० विश्वकपमा छनोट भएका छन् । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएको थियो । 

ओमानको इनिङ्समा ओपनर कश्यप प्रजापती अर्धसतकीय इनिङ्स खेले । उनले ५२ बलमा तीन चौका र चार छक्कासहित ६३ रन बनाए । तेस्रो नम्बर क्रिजमा आएका अकिव इल्यासले ३३ र कप्तान जिशन मक्सूदले २६ रनको योगदान गरे । 

मोहम्मद नदिमले र मेहरान खानले अविजित क्रमशः  रन बनाए । नेपालका करण केसीले दुई विकेट लिए । सोमपाल कामी, गुल्शन झा, अभिनाश बोहरा, सन्दीप लामिछाने र विवेक यादवले समान एक विकेट लिए । 

कीर्तिपुर मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ६ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धसतकीय इनिङ्स खेले । 

गुल्शन झाले २५ बलमा ५४ रनको इनिङ्स खेले । कप्तान रोहितकुमार पौडेलले  ३७ बलमा ५२ रन बनाए । ३६ बलमा पाँच चौका र दुई छक्कामद्धतमा ५१ रन बनाएका थिए । रोहितको टी २० आईमा यो पाँचौ अर्धसतक हो । 

ओपनर कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाएर आउट भए । ६ बलको सामना गरेका करण केसीले २० रन बनाए । 

ओमानका विलाल खानले चार ओभरमा सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर मात्र २६ रन खर्चिए । अकिव इल्यासले दुई विकेट हात पारे । 

नेपालले २।४ ओभरमा १५ रन जोड्दा पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ६ बलमा ६ रन बनाउँदा गुमायो । ६।१ ओभरमा तेस्रो नम्बर क्रिजमा पुगेका सन्दीप जोरालाई १३ बलमा १० रन बनाउँदा गुमायो । नेपालले ४७ रन जोडय्दा जोरालाई जिशन मक्सूदले बोल्ड गरे । ओपनर कुशल भुर्तेल विकेट विकेटले रुपमा ३१ रन बनाएर आउट भए । २३ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कुशललाई अकिव इल्यासले मेहरान खानबाट क्याच आउट गराएका हुन् । कुशल भुर्तेल आउट हुँदा नेपालले ७।१ ओभरमा ४९ रन बनाएको थियो । 
चौथो नम्बर क्रिजमा आएका कुशल मल्ल तीन रन जोडेर पेभिलियन फर्किए  । ९ बलको सामना गरेका मल्ललाई अकिव इल्यासले बोल्ड गरे । मल्ल आउँट हुँदा ९।६ ओभरमा नेपालले चार विकेट गुमाएर ६० रन बनाएको थियो । 
गुल्शन झाले १२औं ओभरमा मक्सुदलाई दुई चौका र दुई छक्कासहित २१ रन प्रहार गरेपनि मध्यक्रममा नेपालले लय समातेको थियो । 

गुल्शन २५ बलमा ५४ रन बनाएर विलाल खानको बलमा सकिव अहमेदको हातबाट क्याच भए । 

गुल्शन र रोहितले पाँचौं विकेटको लागि ४२ बलमा ७८ रनको बलियो साझेदारी गरेका थिए । फाइनल खेलमा आक्रामक अर्धसतक बनाएका छन् । गुल्शनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धसतक बनाएका थिए । १५।४ ओभरमा उनले अर्धसतक बनाउँदा नेपालले १२४ रन बनाएर चार विकेट गुमाएको थियो । सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्शनको टी–२० आईमा पहिलो अर्धसतक हो ।

सुझावित समाचार