लुम्बिनी सरकारले भूकम्प प्रभावित कोषमा डेढ करोड सहयोग गर्ने

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्नेभएको छ।

शनिबार तुलसीपुरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ।

लुम्बिनी प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ।

सुझावित समाचार