प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन्। भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड आज बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन्। उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ आइपुगेका छन्। 

सुझावित समाचार